spot_img

मधेश प्रदेश प्रमुख भण्डारी उपचारका लागि काठमाडौं

spot_img
spot_img

जनकपुर,२४ कात्तिक । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी स्वास्थ्य समस्या देखिएपछि आज बिहान काठमाडौं प्रस्थान गरेकी छन्। बिहान करिब ४ बजे प्रदेश राजधानी जनकपुरधामस्थित सरकारी निवासबाट उनी उपचारको लागि काठमाडौंतर्फ लागेकी हुन्।

प्रदेश प्रमुखलाई जनकपुर विमानस्थलसम्म मुख्यमन्त्री जितेन्द्र सोनलले साथसाथै बिदाइ गरे। बिदाइका क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख अचानक अस्वस्थ भएपछि चिकित्सकको परामर्शअनुसार काठमाडौं लगिएको जानकारी दिए।

“उहाँ हाम्रो प्रदेशको अभिभावक हुनुहुन्छ। स्वास्थ्य प्राथमिकता हो। मैले स्वास्थ्य लाभको कामना गर्दै बिदा गरेँ,” मुख्यमन्त्री सोनलले भने।

सोनलका अनुसार प्रदेश प्रमुखसहित प्रदेशको चलिरहेको राजनीतिक प्रक्रियामा केही दिनको विराम हुनेछ। उनले प्रदेश प्रमुख छिट्टै स्वस्थ भएर फर्किने विश्वास व्यक्त गर्दै भने, “उहाँ ठीक भएपछि हामीले अघि बढाउनैपर्ने राजनीतिक प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्नेछ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय