spot_img

नेपाल–भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य

spot_img
spot_img

रौतहट,२४ कातिक । भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा चुनाव नजिकिँदै गर्दा रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन कडाइ गरिएको छ। सुरक्षा सतर्कता बढाउँदै सीमावर्ती नाकामा आवत–जावत अस्थायी रूपमा रोकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

बिहारको सितामढी र पूर्वी चम्पारण जिल्लामा कात्तिक २५ गते (नोभेम्बर ११) मतदान हुने भएकाले सोही दिन बिहान ६ बजेसम्म सीमा बन्द रहने प्रजिअ भुसालको भनाइ छ।

स्थानीय प्रशासनका अनुसार आकस्मिक सेवाबाहेक सीमा क्षेत्र सुनसान छ। तर पहिचान प्रमाणित गर्न सक्ने व्यक्तिहरूलाई मात्र पैदल आवाजाहीको सुविधा दिइएको गौरका स्थानीय अमित केशरीका अनुसार देखिएको छ।

भारतीय नागरिकहरू आधार कार्ड देखाएर आफ्नो मतदान स्थलतर्फ जाने अनुमति पाउँदै छन्। त्यस्तै, भारतबाट नेपाल फर्किने नेपालीहरू नागरिकता वा परिचयपत्र देखाएपछि सहज रूपमा प्रवेश गरिरहेका छन्। सीमा क्षेत्रमा एसएसबी तथा नेपाली सुरक्षाकर्मीहरू कडाइका साथ तैनाथ छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले सम्भावित अवाञ्छित गतिविधि रोक्न सीमा क्षेत्रमा संयुक्त सुरक्षा व्यवस्थापन सक्रिय गरिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय