spot_img

मधेश भवन अगाडि टायर बालेर प्रदर्शन, मुख्यमन्त्री नियुक्ति विवाद तीव्र

spot_img
spot_img

काठमाडौं,२४ कात्तिक । मधेश प्रदेशमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएपछि उत्पन्न राजनीतिक विवादले थप उग्र रूप लिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड भइसकेपछि अब आक्रोशित नेता–कार्यकर्ताहरूले जनकपुरस्थित मधेश भवन अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिई कात्तिक २२ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान एमाले संसदीय दलका नेता यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रदेश प्रमुख भण्डारी उपचारका लागि काठमाडौं जाने भन्दै निवासबाट निस्किए पनि उनले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा यादवलाई गोप्य रूपमा शपथ खुवाएपछि असन्तुष्ट दलहरू थप आक्रोशित बनेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेश भवन आउने सूचना पाएलगत्तै विरोधमा रहेका दलका नेता–कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयासमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । यस नियुक्तिबारे पार्टीभित्र पर्याप्त छलफल नभएको भन्दै सत्तापक्ष नेकपा एमालेभित्र पनि असन्तुष्टि देखिएको छ, जसले मधेशको राजनीतिक संकटलाई गहिरो बनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय