spot_img

मधेशमा गोप्य शैलीमा मुख्यमन्त्री नियुक्ति, आजपा अध्यक्ष प्रभु साहको कडा प्रतिक्रिया

spot_img
spot_img

काठमाडौं,२४ कात्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई अनैतिकताको संज्ञा दिएका छन् । उनल सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरी एकपटक पुष्टि भयो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र हैन अनैतिक राजनीतिक एवं लुट–भ्रष्टाचारको ओडार हो ।’

समस्याको मुख्य जड़लाई छोड़ेर एक अर्कालाई मात्र दोषारोपण गर्नु फेरी अर्को बेइमानी हुने उनको आग्रह छ । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यादवलाई आइतबारकै मितिमा नियुक्ति पत्र दिइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय