Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

मेलम्चीबाट पानी आपूर्ति चार दिनदेखि अवरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ कात्तिक । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण गत शुक्रबारदेखि ठप्प भएको छ, जसले गर्दा काठमाडौँ उपत्यकाको खानेपानी आपूर्तिमा समस्या देखिएको छ । हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी रोकिनुको कारण पटक-पटक भएका सहमतिहरू कार्यान्वयन नहुनु रहेको मेलम्ची बाढी पीडित संघर्ष समिति र स्थानीयवासीले बताएका छन् ।

उनीहरूले २०८१ असोज २१ गते तत्कालीन खानेपानीमन्त्री, सचिव र संघर्ष समितिबीच भएको १० बुँदे समझदारीको एउटा पनि बुँदा लागू नभएकाले बाध्य भएर पानी रोक्नुपरेको जानकारी दिएका छन् ।

यस विषयमा आइतबार खानेपानी मन्त्रालयमा खानेपानी सचिव प्रमिलादेवी र संघर्ष समितिको नेतृत्वमा राजनीतिक दल तथा स्थानीयवासीबीच वार्ता भए पनि प्रधानमन्त्री र अर्थमन्त्रीसँग थप छलफल आवश्यक रहेको भन्दै बिनानिष्कर्ष टुङ्गिएको थियो । वार्ताटोलीका सदस्य विष्णु खड्काका अनुसार, आज दिउँसो २ बजे खानेपानी सचिव प्रमिलादेवी प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा छलफल गरेर आएपछि मन्त्रालयमा निर्णायक वार्ता हुने समय तोकिएको छ ।

स्थानीयका मुख्य मागहरूमा आयोजनाको निर्माणमा लागेको सम्पूर्ण खर्च सार्वजनिक गर्नु, मेलम्ची क्युल हुँदै आम्बाथान मेलम्ची घ्याङ जाने सडकमा अपुग बजेट थपेर कालोपत्रे गर्नु, सामाजिक न्यायको आधारमा पानीको लेबी निर्धारण गरी २५ प्रतिशत रकम पीडित स्थानमा पठाउनु, र आयोजना तथा केयुकेलमा स्थानीयलाई १५ प्रतिशत रोजगारीको आरक्षण दिनु रहेका छन् ।

साथै, उनीहरूले बाढीबाट ज्यान गुमाएका परिवारलाई उचित राहत दिन र घरखेत गुमाएका वास्तविक पीडितहरूलाई अनुगमन गरी सट्टाभर्ना दिन पनि माग गरेका छन् । संघर्ष समितिले उपत्यकावासीमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै माग पूरा गर्न पानी बन्द गर्नु बाध्यता रहेको स्पष्ट पारेका छन् ।

ताजा समाचार

थप समाचार