spot_img

मुख्यमन्त्री नियुक्ति विवाद चर्किँदा मधेशमा कर्मचारीमाथि कुटपिट

spot_img
spot_img

काठमाडौं,२४ कात्तिक । मधेश प्रदेशमा नेकपा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएपछि बढेको राजनीतिक विवाद र तनावले उग्र रूप लिँदै कर्मचारीमाथि कुटपिटसम्म पुगेको छ ।

आक्रोशित दलका नेता-कार्यकर्ताहरूको समूहले मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गर्ने क्रममा त्यहाँ रहेका एक पुरुष कर्मचारीमाथि कुटपिट गरेका हुन्। भिडियो फुटेजमा रेकर्ड फाइल जोगाउन खोज्दा ती कर्मचारीको टाउकोमा मुक्का प्रहार भएको र साथीले फुत्काएर बाहिर निकालेको देखिन्छ। यसअघि कांग्रेससहितका सांसदहरूले मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका थिए भने मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरिएको थियो।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचारका लागि काठमाडौं जानेु भन्दै बिहान निवासबाट निस्किए पनि महोत्तरीको बर्दिबासस्थित एक होटेलमा पुगेर एमाले संसदीय दलका नेता यादवलाई ठूलो दलको हैसियतमा शपथ गराएपछि यो विवाद चर्किएको हो। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखले मधेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भने यस परिस्थितिलाई मधेशलाई स्वायत्त घोषणा गर्ने मौका भएको भन्दै प्रदेश सभाको बैठक सडकमै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेर थप राजनीतिक तरङ्ग ल्याएका छन्

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय