Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
16.7 C
Birgunj
spot_img

सुत्केरी महिलाको मृत्यु पछि भरतपुर अस्पतालमा तनाव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,२४ कात्तिक । सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरूले भरतपुर अस्पतालमा नारावाजी गरेका छन्।

पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा नाराबाजी गरेका छन्। मृतकका आफन्तहरूले प्रसूति सेवा लिन आएका महिलाहरू भर्ना गरिएको वार्ड अगाडि पुगेर नाराबाजी गरेका हुन्।

संगीताको मृत्युपश्चात आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्। आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो।

२२ कात्तिकमा उनको अवस्था झन् बिग्रँदै गएको र रातको करिब ९ बजे आईसीयूमा सारिएकोमा सोही राति ११:४० मा मृत्यु भएको थियो। अस्पतालका प्रवक्ता एवम् स्त्री तथा प्रस्तूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले उपचारमा कुनै लापरबाही नभएको भन्दै पल्मोनरी एम्बोलिजमका कारण मृत्यु भएको दावी गरेका छन्।

बच्चाको धड्कन नभएको पुष्टि भएपछि तत्कालै अप्रेशन गरेर बच्चा ननिकाल्दा उनको ज्यान गएको मृतकका आफन्तको भनाइ छ।
अस्पतालले पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई शल्यक्रियाको अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको बताउँदै आएको छ।

सुत्केरी हुन व्यथा लाग्ने औषधि चलाउने बित्तिकै संगीतालाई ‘कार्डियाक अरेस्ट’ भएको र सीपीआर दिँदै आईसीयूमा लगेर बचाउने प्रयास गरिए पनि सम्भव नभएको डा. सापकोटाको भनाइ छ।

ताजा समाचार

थप समाचार