Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
20.6 C
Birgunj
spot_img

रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमा फर्किए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ कात्तिक । नेकपा एकीकृत समाजवादी (एस) भित्रको माओवादी केन्द्रसहितको एकता प्रक्रियामा नगएका नेताहरू औपचारिक रूपमा नेकपा एमालेमा समाहित भएको छ । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत विघटित नेकपा एसकी नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा र खादामाला लगाएर स्वागत गरेका छन् ।

यस क्रममा उनीहरूले सांकेतिक रूपमा पार्टी अध्यक्ष ओलीलाई कलम हस्तान्तरण गरेका थिए, जुन एकीकृत समाजवादीको चुनाव चिह्न थियो । झाँक्री र श्रेष्ठसँगै केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायतका नेताहरू पनि एमालेमा समाहित भएका छन् । यो ‘घर फर्क अभियान’ एमालेका लागि संगठन सुदृढीकरणको महत्त्वपूर्ण कदम मानिएको छ भने माधव नेपाल नेतृत्वको दलका लागि ठूलो धक्का हो ।

ताजा समाचार

थप समाचार