spot_img

५ हजारले बढ्यो सुन मूल्य

spot_img
spot_img

काठमाडौं,२५ कात्तिक । मंगलबार एकैदिन सुनको भाउ करिब ५ हजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय