spot_img

जनताको पक्षमा इमानदार भएर काम गर्नेले भाग्नुपर्ने स्थिति आउँदैन : नेता सुनिल शर्मा

spot_img
spot_img

मोरङ,२५ कातिक । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमानदार भएर काम गर्नेले कहिल्यै पनि भाग्नुपर्ने वा डराउनुपर्ने परिस्थिति सामना गर्न नपर्ने बताएका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ गोहीहोली खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै उनले जनताको हितमा काम गर्नेले सधैं जनताको माया, सम्मान र सद्भाव पाउने बताए । शर्मा भन्छन्, “जनताको पक्षमा काम गर्दा खादा र माला मात्र होइन, प्रेम र सहानुभूति पनि पाइन्छ । जल्नुपर्ने वा भाग्नुपर्ने स्थिति इमानदार जनप्रतिनिधिका लागि आउँदैन ।”

उनले मोरङ क्षेत्र नम्बर ३ लाई देशकै रोलमोडल क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । “यो क्षेत्र भविष्यमा अमेरिकन, ब्रिटिश, युरोपियन र भारतीय अनुसन्धानकर्ताहरूको अध्ययनको केन्द्र बन्नेछ,” उनले दाबी गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

स्थानीयका अनुसार गोहीहोली खोलामा पुल नहुँदा वर्षौंदेखि आवत–जावत जोखिमपूर्ण थियो । विशेषगरी वर्षा याममा विद्यार्थी, बिरामी तथा व्यापारीहरू दैनिक कठिनाइ भोग्न बाध्य थिए । पिपलचोक र किरातचोकलाई जोड्ने उक्त पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण गरिने भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय