spot_img

‘उज्यालो नेपाल पार्टी’ गठनका तयारी तीव्र, सुमना र सुदनसँग अन्तिम छलफलमा कुलमान घिसिङ

spot_img
spot_img

काठमाडौँ,२५ कातिक । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’ गठनका अन्तिम तयारी थालेका छन् । उनको टोली मंगलबार निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जाने तयारीमा छ ।

आयोगमा जानेअघि कुलमानको टिमले रास्वपा परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठ र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरूङसँग अन्तिम छलफल जारी राखेको छ । कुलमानका निकट जितराम लामाका अनुसार, सोमबारदेखि निरन्तर जारी छलफलमा आज निर्णायक चरणमा पुग्ने प्रयास भइरहेको छ ।

“आइतवार र सोमवारको छलफलमा केही विषयमा मतभेद थियो, तर आज पुनः सहमतिको प्रयासस्वरूप छलफल भइरहेको छ,” लामाले बताए, “यदि सहमति भयो भने सुमना र सुदनको टिमसँग मिलेर एकीकृत रूपमा आयोग जाने तयारी छ ।”

यसअघि सुमना र गुरूङले एउटै पार्टी बनाएर अघि बढ्ने सहमति खोजे पनि पार्टीको नामलगायतका विषयमा असहमति हुँदा सुमना अलग भएकी थिइन् । तर हाल पुनः एकताका लागि पहल भइरहेको बताइएको छ ।

सरकारमा मन्त्री रहेका कारण कुलमान घिसिङ तत्काल सक्रिय राजनीतिमा नजाने र पार्टी दर्ता प्रक्रिया पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा सम्पन्न हुने बताइएको छ ।

घिसिङ नेतृत्वको नयाँ दल ‘उज्यालो नेपाल पार्टी’ को चुनाव चिन्हका रूपमा “बिजुलीको चिम” प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय