spot_img

दलहरू कांग्रेसको नेतृत्वमा सहमत भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव

spot_img
spot_img

जनकपुर,२५ कातिक । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले दलहरू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनमा सहमत भए आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले आफू व्यक्तिगत रूपमा मुख्यमन्त्री बन्न चाहेकाले होइन, संवैधानिक बाध्यताका कारण पद सम्हालेको स्पष्ट पारे । “पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउन नसकेपछि संविधानले तोकेको व्यवस्था अनुसार प्रदेश प्रमुखले मलाई नियुक्त गर्नुभयो,” यादवले भने, “यदि दलहरू कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहमत हुन्छन् भने म तत्काल राजीनामा दिन तयार छु।”

उनले हाल कांग्रेस बाहेकका दलको नेतृत्वमा नयाँ सरकार बनाउने कुनै योजना नभएको पनि बताए । “अहिले केही बिग्रिएको छैन,” यादवले थपे, “म आज काठमाडौं जाँदैछु, जहाँ पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका कार्यवाहक सभापतिसँग भेटेर मधेस सरकार गठनबारे छलफल गर्नेछु।”

मुख्यमन्त्री यादवले मधेसमा स्थिरता र सहमतिको सरकार गठन नै आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै राजनीतिक दलहरूबीच संवाद र सहकार्यको आवश्यकता दोहोर्याए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय