spot_img

मतदाता नामावली दर्ताका लागि जनकपुरमा उत्साहजनक भीड

spot_img
spot_img

जनकपुर,२५ कातिक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा धनुषास्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउने नागरिकहरूको भीड दिनप्रतिदिन बढ्दै गएको छ ।

दर्ता अभियान अन्तिम चरणमा पुगेसँगै सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । कार्यालयको काम बिहान १० बजेदेखि सुरु हुने भए पनि नागरिकहरू बिहान ९ बजेदेखिनै लाइनमा उभिँदै आएको कार्यालय स्रोतले जनाएको छ ।

निर्वाचनमा सहभागी हुन चाहने नागरिकहरूले समयसीमा सकिनुअघि नाम दर्ता गराउन हतारो गरेको देखिन्छ । कार्यालयका एक कर्मचारीका अनुसार, “अन्तिम चरणमा दर्ता गराउनेको संख्या निकै बढेको छ, दैनिक सयौं नयाँ मतदाता दर्ता हुन आइरहेका छन् ।”

निर्वाचन आयोगले देशभर मतदाता नामावली अद्यावधिक अभियानलाई अन्तिम चरणमा पुर्‍याउँदै निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न आह्वान गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय