spot_img

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध विरोध प्रदर्शन जारी

spot_img
spot_img

जनकपुर,२५ कातिक । मधेस प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध मंगलबार पनि व्यापक विरोध प्रदर्शन जारी रह्यो। सात राजनीतिक दलका प्रदेश सांसदहरूले प्रदेश सभा भवनअगाडि धर्ना दिएका छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका सात दलका सांसदहरूले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै विरोध गरेका हुन्। उनीहरूले प्रदेश सरकार गठन प्रक्रिया संविधानको धारा १६८ को उपधारा (९) विपरीत भएको दाबी गर्दै एमाले नेतृत्वमा बनेको सरकारलाई ‘अवैध’ भनेका छन्।

धर्नास्थलमा सांसदहरूले चर्को नाराबाजी गर्दै सरकारविरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

यसैबीच, विरोधी दलहरूले मुद्दा कानुनी मार्गबाट अघि बढाएका छन्। एमालेबाहेकका दलका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा मुख्यमन्त्री यादवको नियुक्ति खारेजीको माग गर्दै रिट निवेदन दर्ता गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय