spot_img

प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेद्वारा देशव्यापी प्रदर्शन

spot_img
spot_img

काठमाडौँ,२५ कातिक । विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा (एमाले)ले मुलुकभरका स्थानीय तहमा व्यापक प्रदर्शन गरेको छ।

मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकामा मोटरसाइकल र्‍याली, नारा जुलुस र सडक र्‍याली आयोजना गरिएको थियो। प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभर जनप्रदर्शन गर्ने निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय स्तरमा कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

यसैक्रममा एमाले काठमाडौँ महानगर कमिटीले वसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्‍याली निकाल्यो। एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गरिएको जानकारी दिँदै यसलाई जागरण अभियानको रूपमा अघि बढाइरहेको बताएका छन्।

एमालेले आगामी कार्यक्रमअनुसार कात्तिक २९ गते जिल्लास्तर र मङ्सिर ६ गते काठमाडौँमा व्यापक जनप्रदर्शन गर्ने तयारी गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय