spot_img

बारामा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु

spot_img
spot_img

बीरगन्ज, २५ कात्तिक । बारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा बाराकै बारागढी गाउँपालिका वडा नम्बर २ बिसुनपुर्वाका ४२ वर्षीय छठु चौधरी रहेका छन् ।

मंगलबार बिहान बिसुनपुर्वा स्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चौधरी गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय