spot_img

बीरगन्जमा एमालेको शक्ति प्रदर्शन: “संसद पुनःस्थापनाका लागि संघर्ष जारी रहने”

spot_img
spot_img

बीरगन्ज,२५ कातिक । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीले मंगलबार शक्ति प्रदर्शन गर्दै विशाल मोटरसाइकल र्‍याली आयोजना गरेको छ। चिनिमिल आवास क्षेत्रबाट सुरु भएको र्‍यालीले बीरगन्ज महानगर घुमेर घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीको नेतृत्व महानगर अध्यक्ष नवराज शर्माले गरेका थिए।

कोणसभामा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजकुमार गुप्ता, केन्द्रीय सदस्य प्रभु हजरा, अरविन्द सिंह, मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, पूर्व मेयर विजय सरावगी, प्रदेशसभा सदस्य बिना शर्मा लगायतका नेताहरू उपस्थित थिए।

वक्ताहरूले “जेन्जी आन्दोलन” को नाममा फैलिएको अराजकतालाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गर्दै तत्काल छानबिन र कारबाहीको माग गरे। उनीहरूले यस आन्दोलनलाई “राज्य अस्थिर पार्ने विदेशी एजेन्डा” भएको बताए।

सांसद पुनःस्थापनाको मागलाई पार्टीको मुख्य राजनीतिक अभियानको रूपमा अघि बढाइने जनाउँदै, उनीहरूले वर्तमान सरकारलाई “असंवैधानिक र जनमतविहीन दलाल सरकार” को संज्ञा दिएका छन्। सहजीकरण महानगर सचिव लियाकत अलीले गरेका थिए।

एमालेले यसअघि घोषणा गरेअनुसार देशभर प्रतिनिधिसभा पुनःस्थापनाको मागमा जनपरिचालन अभियान सञ्चालन गरिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय