spot_img

पूर्व मुख्यमन्त्री राउत र वडा अध्यक्ष यादवद्वारा भेडियाही सडकको निरीक्षण, (फाेटाे फिचर)

spot_img
spot_img

बीरगन्ज,२५ कातिक ।  पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लालबाबु राउत र वडा नं. १५ का वडा अध्यक्ष रामेश प्रसाद यादवले आज बीरगन्ज–१५ भेडियाहीमा निर्माण हुँदै गरेको पक्की सडकको स्थलगत निरीक्षण गरेका छन्।

नेशनल मेडिकल कलेजदेखि भेडियाही गाउँसम्म करिब ५ किलोमिटर लामो सडक निर्माण कार्य करिब रु. १४ करोड ७६ लाख ९६ हजार ३०३.७७ रुपैयाँको बजेटमा सञ्चालन भइरहेको छ। यो बजेट पूर्व मुख्यमन्त्री राउतले रेडबुकमा राखेका हुन्।

यसअघि सो सडकको ठेक्का पप्पु कन्स्ट्रक्सन लाई दिइए पनि केही विवादका कारण काम रोकिएको थियो। हाल उक्त ठेक्का RIPL–Niriksha JV ले पाएको छ, र निर्माण कार्य Nikrisha Nirman Sewa Pvt. Ltd. ले तीव्र गतिमा अगाडि बढाइरहेको छ।

निरीक्षणपछि पूर्व मुख्यमन्त्री राउतले भने,“यो सडकले अब निकास पाइसकेको छ। यसपटक मैले आफैं आएर अनुगमन गरेको छु, काम छिट्टै सम्पन्न हुनेछ।” भेडियाही गाउँलाई मेडिकल कलेजसँग जोड्ने यो सडकले स्थानीयवासीहरूको दशकौँदेखिको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

स्थानीय सन्तोष सर्राफका अनुसार,“पहिले मेडिकल कलेज पुग्न घुमाउरो बाटो हुँदै जानुपर्ने बाध्यता थियो, अब यो नयाँ बाटो बनेपछि यात्रा सजिलो भएको छ।”

वडा अध्यक्ष यादवले भने,“अब वडा नं. १५ मा खेतमा जान पनि जुत्ता लगाएर जान सकिने अवस्था बनेको छ, किनभने अधिकांश सडकहरू कालोपत्रे र ढलान भइसकेका छन्।”

तीव्र गतिमा भइरहेको सडक निर्माणले भेडियाही गाउँ मात्र होइन, वरपरका बस्तीहरूलाई समेत आवागमन र विकासमा नयाँ सम्भावना दिलाउने विश्वास गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय