spot_img

मकवानपुरमा मोटरसाइकल ठक्करले वृद्धको मृत्यु

spot_img
spot_img

हेटौंडा,२६ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुढेमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ। घटना मदन भण्डारी लोकमार्गमा मंगलबार साँझ भएको हो।

हेटौंडाबाट फापरवारीतर्फ तीव्र गतिमा गइरहेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले बाटो छेउबाट हिँडिरहेका ७१ वर्षीय खडकबहादुर घलानलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका घलानलाई तत्काल चुरेहिल अस्पताल हेटौंडा पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।

मोटरसाइकल चालक २५ वर्षीय देवराज विक (बकैया–७) र पछाडि सवार २० वर्षीय देवराज धानुक (बागमती–६) सामान्य घाइते भएका छन्। दुवैको हात्तिसुढेस्थित मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

वृद्ध घलान घर फर्किने क्रममा सडक छेउ हुँदै हिँडिरहेका बेला दुर्घटना भएको जनाइएको छ। प्रहरीले मोटरसाइकल चालक विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय