spot_img

निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो

spot_img
spot_img

काठमाडौं, २६ कात्तिक। पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकरण अभियान) अब अस्तित्वमा रहने छैन। गौतमकै निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टीलाई औपचारिक रूपमा खारेज गरेको हो।

गौतमले हालै नेकपा (एकीकृत समाजवादी) हुँदै नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि आयोगमा पार्टी खारेजका लागि निवेदन दिएका थिए। आयोगले त्यसअनुसार उनको निवेदन स्वीकृत गर्दै पार्टी खारेजको निर्णय सार्वजनिक गरेको हो।

निर्वाचन आयोगका अनुसार, हालसम्म नागरिक उन्मुक्ति पार्टी, नेपाल नयाँ दलका रूपमा दर्ता भइसकेको छ। यससँगै आयोगमा कुल दर्ता राजनीतिक दलको संख्या १२५ पुगेको छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय