जनकपुर,२६ कात्तिक । मधेस भवन गेट अगाडि बुधबार बिहानदेखि प्रदर्शन सुरु भएको छ । संविधान मर्मविपरीत मुख्यमन्त्रीको नियुक्ति विरुद्ध र प्रदर्शनकारीमाथि भएको लाठीचार्जको विरोधमा प्रदर्शन सुरु भएको हो ।
सात दलीय गठबन्धनका सांसदहरूसहित कार्यकर्ताहरु सडकमा बसेर नाराबाजी गरिरहेका छन । ‘मुख्यमन्त्री नियुक्ति खारेज गर, संविधान मिच्न पाइदैन’ नारा लगाएर प्रदर्शन भइरहेको छ ।
कांग्रेस, माओवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, एकीकृत समाजवादीसितका दलहरुको कार्यकर्ता सडकमा धर्नामा धर्नामा बसेका छन । मुख्यमन्ती यादवलाइ तत्कालीन प्रदेश प्रमुखले २३ गते असंवैधानिक नियुक्ति गरेपछि त्यसको विरोधमा मधेसमा प्रदर्शन सुरु भएका छन ।
शपथग्रहणकै दिन मुख्यमन्त्री कार्यालयमा तोडफोड तथा कर्मचारीमाथि हातपात गरिएको थियो । मुख्यान्त्री गेट अगाडिको सडकमा सुरु गरिएको धर्नाले आवतजावतमा कठिनाइ भएको छ ।



