Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

प्रभु ग्रुपका अध्यक्ष भट्टचन रिहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ कात्तिक । एमालेका पूर्व सांसद एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले रिहा गरेको छ । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट उनी छुटेका हुन् । सीआईबी एसपी निरन्जनदत्त भट्टले सरकारी वकिलको आदेश अनुसार उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने भएको बताए ।

‘स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्नु भन्ने सरकारी वकिलको आदेशपछि उहाँ छुट्नु भएको हो । भट्टले भने । ११ कात्तिकमा भट्टचन ललितपुरबाट पक्राउ परेका थिए । उनीमाथि सीआईबीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको थियो । ठाकुरप्रसाद मानन्धरले उनीलगायतविरुद्ध जाहेरी दिएका थिए ।

तर, यो प्रकरणको केन्द्रमा रहेकी प्रभु म्यानेजमेन्टकी प्रबन्ध निर्देशक कुसुम लामालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन् ।
प्रभु म्यानेजमेन्टले मनी ट्रान्सफरको भुक्तानी एजेन्टका रुपमा नियुक्त गरी कारोबार गरेको तर करोडौं रुपैयाँ तिर्न बुझाउन नसकेको भन्दै लामाविरुद्ध राष्ट्र बैंक र प्रहरीमा उजुरी परे पनि उनी बच्दै आएकी छिन् । लामकै उजुरीका आधारमा प्रभु मनी ट्रान्सफरका सञ्चालक भट्टचनलाई पक्राउ गरिए पनि मुख्य अभियुक्त लामा भने पक्राउ पर्न सकेकी छैनन् ।

ताजा समाचार

थप समाचार