spot_img

सीके राउतको अभिव्यक्तिप्रति जनमतका कोशी अध्यक्ष न्यौपानेको आपत्ति

spot_img
spot_img

काठमाडौं,२६ कात्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अभिव्यक्तिप्रति उक्त पार्टीका कोशी अध्यक्ष बुद्धिराज न्यौपाने आपत्ति जनाएका छन् ।

देश विभाजन वा क्षेत्रीय बिखण्डनको एजेन्डा पार्टीको कहिले पनि नभएको उल्लेख गर्दै न्यौपानेले अध्यक्ष राउतको अभिव्यक्ति व्यक्तिगत भएको र पार्टीको आधिकारिक नभएको विज्ञप्ति निकालेर बताएका छन् । ‘अध्यक्ष राउतले देश नै बिखण्डन गर्ने खालको माग राखेर सविधानलाई नै चुनौती दिनुभएको छ ।

जेनजी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलनमा सहादत भएका शहीदहरूको रगत सेलाउन नपाउँदै संसद् पुन:स्थापना हुनुपर्छ भन्ने अध्यक्ष राउतको अभिव्यक्ति भ्रष्टाचार र कुसाशन विरुद्ध उठेको जनआन्दोलनको मर्म विपरीत छ’, न्यौपानेले विज्ञप्तिमा भनेका छन् ।

न्यौपानेले अध्यक्ष राउतका पछिल्लो समयका भेटघाटहरु शंकास्पद हुने गरेको आरोप समेत लगाएका छन् । ‘सबै प्रदेशहरू स्वायत्त र स्वशासित हुनुपर्छ भन्ने मान्यता सविधानमै स्थापित संघीय संरचनाको आधारभूत आदर्श हो, जसलाई जनमत पार्टीले पूर्ण समर्थन गर्दै आएको छ । अध्यक्ष राउतले प्रदेश संरचना बलियो बनाउने पहल गर्नुको साटो देश नै टुक्रयाउने अभिव्यक्ति दिएर नेपाली जनताको सिंगो मुलुक प्रतिको अगाध प्रेमलाई चुनौति दिनुभएको छ’, न्यौपानेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय