spot_img

पर्सामा मिटरब्याजीको अत्याचारः १ लाख ऋणमा ३ लाखको तमसुक, अझै पनि नपाएनन् पीडितले न्याय

spot_img
spot_img

बीरगन्ज,२६ कात्तिक । पर्सा जिल्लामा मिटरब्याजका नाममा भइरहेको अनुचित लेनदेनको समस्या अझै पनि अन्त्य हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हालसम्म मिटरब्याजसम्बन्धी २ हजार ३६७ उजुरी परेका मध्ये १ हजार ६९७ उजुरी मेलमिलापमार्फत टुंग्याइएका छन्, भने ६ सय ३५ उजुरी अझै फछ्र्योटको पर्खाइमा छन्।

प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार मेलमिलाप प्रक्रियाबाट करिब २९ करोड १२ लाख ८५ हजार ५९७ रुपैयाँबराबरको बिगो फिर्ता गराइएको छ। साथै, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा पनि पीडितको नाममा फिर्ता भएको छ।

तर पीडितहरूले भने अझै पनि न्याय नपाएको गुनासो गरिरहेका छन्। किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवका अनुसार मिटरब्याजको पुरानो शैली अझै उस्तै छ। उनले भने, “१ लाख ऋण दिएर ३ लाखको तमसुक बनाउने साहुकारको प्रवृत्ति अहिले पनि रोकिएको छैन, पीडितहरू अझै त्रसित छन्।”

त्यस्तै, पोखरिया नगरपालिकाका कन्हैया प्रसाद यादवले पाँच वर्षअघि १ लाख १० हजार रुपैयाँ ऋण लिँदा साहुकार जोगिन्दर राउत कुर्मीले ३ लाख ३० हजार रुपैयाँको तमसुक बनाएको आरोप लगाए। यादवले सरकारलाई यस्ता शोषणकारी कार्य रोक्न गम्भीर बन्न आग्रह गरे।

मिटरब्याजविरुद्ध सरकारले देशभर अभियान चलाइरहेको छ, तर पर्साका जस्तै घटनाहरूले देखाउँछ— कानुनी कारबाही र नियन्त्रणका प्रयास अझै प्रभावकारी बन्न सकेका छैनन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय