spot_img

गृहमन्त्री र दुर्गा प्रसाईं प्रतिनिधिबीच वार्ता, २७ बुँदे मागपत्र पेश

spot_img
spot_img

काठमाडौं,२६ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनरत व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरूसँग करिब अढाइ घण्टा लामो महत्त्वपूर्ण वार्ता गरेका छन् । बुधवार भएको यस भेटमा प्रसाईंको वार्ता टोलीले गृहमन्त्रीसमक्ष आफ्नो आन्दोलनका आधारभूत मागहरू समेटिएको २७ बुँदे मागपत्र औपचारिक रूपमा पेश गरेको छ ।

उक्त मागपत्रमा विशेषगरी सर्वसाधारण तथा व्यवसायीहरूको बैंक ऋण मिनाहा गर्ने जस्ता वित्तीय राहतका विषयदेखि लिएर देशको प्रशासनिक संरचनासँग सम्बन्धित प्रदेश संरचना खारेज गर्ने जस्ता दूरगामी मागहरू समेत समावेश गरिएको बुझिएको छ। वार्ता सम्पन्न भएपछि बाहिरिएका प्रतिनिधिहरूले गृहमन्त्रीबाट प्राप्त जवाफलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।

वार्ता टोलीका एक सदस्यका अनुसार, गृहमन्त्री अर्यालले प्रसाईं पक्षका मागहरूलाई संवेदनशील भन्दै यस विषयमा मन्त्रालय र सिंगो सरकारले नै विशेष ध्यान दिएर अघि बढाउने आश्वासन दिएका छन् । प्रसाईंको वार्ता टोलीले सरकारलाई अल्टिमेटम दिँदै यदि आगामी मंसिर ७ गतेभित्र मागहरू पूरा गरिएमा आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गर्न सकिने जानकारी पनि गराएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय