spot_img

रामगढवा एकता युवा क्लबको पहलमा खुला रक्तदान कार्यक्रम हुने

spot_img
spot_img

बीरगन्ज,२६ कात्तिक । वीरगन्ज महानगरपालिका–२४, रामगढवा एकता युवा क्लबले “रक्तदान जीवनदान, सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबका अनुसार कार्यक्रम आगामी २०७८ कार्तिक २९ गते, शनिबार बिहान ७ बजे रामगढवास्थित काशी विश्वनाथ कलोनीमा सञ्चालन हुनेछ।

कार्यक्रमको उद्देश्य युवाहरूलाई सामाजिक सेवा र मानवतामूलक कार्यमा संलग्न गराउने रहेको क्लबका त्रिलोकी पटेलले जानकारी दिए। उनका अनुसार क्लबले स्थानीय युवा, समुदायका सदस्यहरू तथा सबै इच्छुक व्यक्तिहरूलाई रक्तदानमा सहभागी भई मानव जीवन बचाउने अभियानमा हातेमालो गर्न आग्रह गरेको छ।

रक्तदान कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थित रहने जनाइएको छ। क्लबले यस कार्यक्रममार्फत समाजमा मानवीय सहयोग र दातृत्वको सन्देश फैलाउने लक्ष्य राखेको बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय