spot_img

मुख्यमन्त्री यादवको नियुक्ति रिट संयुक्त इजलासमा, आइतबार सुनुवाइ तय

spot_img
spot_img

जनकपुर,२६ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर रिट अब संयुक्त इजलासमा पुगेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उक्त रिटलाई संयुक्त इजलासमा पठाउने आदेश दिएको हो।

अदालतले आइतबारका लागि पेसी मिति तोकेको छ। मधेशका सात दलका ७४ जना सांसदहरूले मंगलबार मुख्यमन्त्री यादवको नियुक्ति खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए।

रिट दायर गर्ने नेताहरूमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, र लोसपाका नेता जयलुन राइनलगायत छन्। यससँगै, मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको अर्को रिट, जसको पेशी मंसिर ११ का लागि तोकिएको थियो, त्यसलाई पनि आइतबारकै दिनका लागि सारिएको सर्वोच्च स्रोतले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय