Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

नेकपा र मातृभूमि जागरण अभियानबीच सहमति, ६ महिनाभित्र एकता महाधिवेशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार दुवै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति तथा स्थान सचिवालयले छिट्टै निर्धारण गर्ने निर्णय गरेका छन्। महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गरिने सहमति भएको छ।

सहमति पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै बाह्य हस्तक्षेप र दबाबमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको मार्गमा अघि बढ्ने अठोट पनि व्यक्त गरिएको छ।

दुवै पक्षले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति जनाएका छन्। पार्टी सञ्चालनका सन्दर्भमा लोकतान्त्रिक मान्यता, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तलाई अङ्गीकार गर्दै काम गर्ने उल्लेख गरिएको छ।

सहमति अनुसार मातृभूमि जागरण अभियान अन्तर्गतका सबै तहका कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिमा समायोजन गरिनेछ। त्यस्तै, डा. भीम रावलको जिम्मेवारी तथा भूमिकाबारे पनि आपसी सहमतिबाट टुङ्गो लगाइने उल्लेख गरिएको छ।

पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्ताबेज संयुक्त रूपमा तयार पार्ने र पार्टी एकीकरणलाई सहज बनाउन आवश्यकताअनुसार विभिन्न तहमा कार्यदल गठन गर्ने सहमति पनि गरिएको छ। सहमति पत्रमा हस्ताक्षर नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा भएको हो। सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष कार्यक्रममा डा. भीम रावल औपचारिक रूपमा नेकपामा समाहित हुने भएका छन्।

ताजा समाचार

थप समाचार