बीरगन्ज,२६ कात्तिक । नेपालबाट भारतमा गाई तस्करी हुने कार्यविरुद्ध हिन्दुवादी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। पर्साकाे भिस्वा बजारमा बुधबार प्रदर्शनकारीहरूले सरकार र सम्बन्धित निकायलाई गाई तस्करीमा संलग्नहरूबिरुद्ध कडा कारबाही गर्न माग गरेका थिए।
उनीहरूले नाराबाजी गर्दै पशु संरक्षण र धार्मिक मूल्यको रक्षा गर्न ध्यानाकर्षण समेत गराएका थिए। स्थानीय स्रोतका अनुसार, विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।




