spot_img

नेकपाको पुनर्मिलनपछि भीम रावल भावुक: बिछोडको दिनको घाउमा मलम लगाएको महसुस भयो

spot_img
spot_img

काठमाडौं,२६ कातिक । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले नेकपाको पुनर्मिलनले विगतको विभाजनबाट बनेको घाउमा मलम लगाएको अनुभूति भएको बताएका छन्।

बुधबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता हस्ताक्षर कार्यक्रममा बोल्दै रावलले पार्टी एकताको ऐतिहासिक क्षणप्रति आत्मीयता व्यक्त गरे।

उनले २०७७ सालमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको विभाजनको स्मरण गर्दै भने,
“जुन बेला प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभाजन गराए, सोही ठाउँबाट आज हामी फेरि एकताको बाटोमा उभिएका छौँ। आजको यो क्षणले त्यो बिछोडको दिनको आलो घाउमा मलम लगाएको महसुस भइरहेको छ।”

रावलले नेकपाको पुनर्मिलनलाई जनताको विश्वास पुनःस्थापना गर्ने र देशको राजनीतिक स्थायित्वको दिशामा महत्वपूर्ण कदमका रूपमा चित्रित गरे। नेकपा नेताहरूबीच भएको छलफलपछि पार्टी एकता सम्बन्धी ७ बुँदे सहमति भएको र चाँडै औपचारिक एकता घोषणा कार्यक्रम सम्पन्न हुने तयारी रहेको पनि उनले जानकारी दिए।

पार्टी एकतामा सहभागी नेताहरूले पनि विभाजनको गल्तीबाट सिक्दै अबको नेकपा देश र जनताको हितमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय