spot_img

जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भएको दाबी: पूर्वगृहमन्त्री लेखक

spot_img
spot_img

काठमाडौं,२६ कातिक । पूर्वगृहमन्त्री रमेश लेखकले हालैको जेनजी प्रदर्शनमा संगठित, योजनाबद्ध र प्रायोजित घुसपैठ भएको दाबी गरेका छन्।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा गरिएको ब्रिफिङका क्रममा उनले जेनजी आन्दोलन शान्तिपूर्ण मागका रूपमा सुरु भए पनि त्यसमा अर्को समूहले नियन्त्रण जमाउँदै प्रदर्शनलाई ‘हाइज्याक’ गरेको बताए।

उनका अनुसार आन्दोलनका औपचारिक नेतृत्व नखुलेका कारण सरकारले प्रदर्शनअघि नै संवाद र समाधानका लागि पहल गर्न नसकेको थियो।

लेखकले भने, “जेनजीकै भाषामा भन्ने हो भने आन्दोलन ‘हाइज्याक’ भयो। संसद् भवनदेखि अन्य निकायमा भएको आगजनी र लुटपाट स्वतःस्फूर्त होइन, योजनाबद्ध रूपमा गरिएको घुसपैठको परिणाम हो।”

उनले जेनजीका नयाँ पुस्ताका युवाहरूले राखेका उचित र न्यायोचित मागहरू सम्बोधन गर्नुपर्छ भन्दै त्यसका लागि सरकारले चासो देखाउनुपर्ने बताए। तर, उनले चेतावनी दिँदै भने, “जेनजीको सही आन्दोलन र त्यसमा घुसपैठ गरेर देशलाई क्षति पुर्‍याउने तत्वबीच स्पष्ट भिन्नता गर्न आवश्यक छ।”

लेखकका अनुसार माइतीघरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठको सुरुवात त्यहींबाटै भएको हो। “बिजुलीबजार पुल पार नहुँदै आन्दोलन अर्कै समूहले कब्जा गरिसकेको थियो,” उनले भने।

उनले थपे, भदौ २३ गते संसद् भवनमा भएको तोडफोड र त्यसपछिका घटनाहरू त्यसै योजनाबद्ध समूहको परिणाम हुन्। “जेनजी युवाहरूले आफैंले आन्दोलन ‘हाइज्याक भयो’ भनेका छन्। तर घुसपैठियाहरूले विद्यार्थीहरूलाई अघि राखेर दुर्घटनासम्म पुर्‍याए,” लेखकले स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय