spot_img

वाईसीएलको रहबर अन्सारीलाई चेतावनी :सार्वजनिक माफी मागेर आफूलाई सच्याउनू

spot_img
spot_img

काठमाडौं,२६ कातिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएल नेपालले मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीलाई संगठनबारे दिएको टिप्पणीका कारण सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएको छ।

वाईसीएलका अध्यक्ष पुष्प ओलीले अन्सारीले संगठनमाथि गरेको कठोर टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै “झूट बोल्ने काम नगर्न” चेतावनी दिएका हुन्।

ओलीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै भने, “रहबरजी, वाईसीएल नेपालले जनसेवा, श्रम तथा उत्पादन अभियान सञ्चालन गरेको र पार्टी नेतृत्वको सुरक्षामा अहोरात्र खटिएको तपाईंले देख्नुभएन होला। तर आलिसान महलमा बसेर हाम्रो संगठनमा आवद्ध लाखौं कार्यकर्ताको भावनामाथि झूट बोल्ने छुट तपाईंलाई कसले दियो?”

अध्यक्ष ओलीले अन्सारीलाई बेलैमा सार्वजनिक रूपमा माफी मागेर आफूलाई सच्याउन आग्रह गरेका छन्। उनले चेतावनी दिँदै भने, “जनताको भरोसाबाट बनेको संगठनमाथि असत्य आरोप लगाएर कसैको व्यक्तिगत स्वार्थ सिद्ध गर्न खोज्नु गलत अभ्यास हो।”

उल्लेखनीय छ, रहबर अन्सारीले केही दिनअघि वाईसीएलको गतिविधि र भूमिकाबारे आलोचनात्मक टिप्पणी गरेका थिए, जसपछि संगठनभित्र असन्तुष्टि बढेको थियो।

रहबर अन्सारी माओवादी केन्द्रका मधेश प्रदेशसभा सदस्य हुन्। उनीसहितका केही सांसदहरूको अडानकै कारण हालै पूर्वमुख्यमन्त्री जितेन्द्र सोनारको सरकार ढलेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय