spot_img

राजश्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी

spot_img
spot_img

काठमाडौं,२६ कातिक । सशस्त्र प्रहरी बल नेपालले बदलिदो सुरक्षा चुनौती र राजश्व अभिवृद्धि गर्ने अभिप्रायकासाथ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई मुख्य सीमा नाकाहरूमा खटाएको छ ।

सीमा नाकाहरूमा खटाइएका बरिष्ठ उपरीक्षकहरुले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको इकाईमा बसी दैनिक तथा साप्ताहिक रुपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गर्नेछन् ।

निश्चित समयमा उनीहरूले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले उक्त कार्यलाई निरन्तर दिन उनीहरूको ठाउँमा अरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरूलाई जिम्मेवारी तोकी खटाउनुका साथै सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरूले समेत प्रत्यक्ष रुपमा सम्पर्क राख्ने व्यवस्था समेत मिलाइएको छ ।

उनीहरूले सम्बन्धित सीमा क्षेत्रमा खटेर राजश्व चुहावट, चोरीनिकासी तथा पैठारी सम्बन्धी गैर कानूनी कार्यमा रोक लगाउनुका साथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल कारवाहीको दायरामा ल्याउने छन् भने सीमासँग सम्बन्धित सूचनाहरूको अभिलेखीकरण तथा व्यवस्था समेत गर्नेछन् ।

लागूऔषध, हातहतियार ओसारपसार एवं फरार कैदी लगायत अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउनुका साथै भन्सार, राजश्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, स्थानीय व्यापारी एवं सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्नेछन् ।

यस्ता कार्यहरुले भन्सार नाकाबाट बैध तरिका अवलम्वन गरी सामान आयात गर्ने प्रचलन कायम गराउन भन्सार कार्यालय लगायत सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य गर्ने वातावरण समेत सृजना हुने विश्वास लिईएको छ ।

बरिष्ठ उपरीक्षकहरुमध्ये कोशी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गमा रहेर सो प्रदेशका अन्य सीमा नाकामा निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिगविजय सुवेदी ९फोन नम्बर ९८५१००१९४२०तथा मधेश प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं। ८ गण

धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमा नाकाको समेत निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल फोन नम्बर ९८५१२६००२७० लाई खटाइएको छ ।त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रूपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रविनराज कर्णजीत फोन नम्बर ९८५१२५९६१७० र सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमा नाकाको निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ फोन नम्बर ९८५१२६७७७७० लाई खटाइएको छ ।

उनीहरूलाई उल्लेखित फोन नम्बरमा आम सर्वसाधारण तथा सरोकारवाला सबैले फोन गरेर राजश्व चुहावट लगायत सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधी नियन्त्रणमा सम्बन्धमा सम्पर्क गर्न सकिने छ । उनिहरु बोर्डर आउट पोस्टमानै बस्ने र त्यहीँ बाट सीमा क्षेत्रमा हुने अबैध गतिबिधीको निगरानी र रोक्ने कार्य गर्ने छ्न् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय