spot_img

बीरगन्जमा पत्रकारहरूका लागि हैजाविरुद्धको खोप शिविर भाेलीदेखि सुरु

spot_img
spot_img

बीरगन्ज,२६ कातिक । नेपाल पत्रकार महासंघ पर्सा शाखाको पहलमा पत्रकारहरूका लागि हैजाविरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ। महासंघका अनुसार शिविर कात्तिक २७ गते बिहीबार बिहान ११ बजे देखि क्लासिक ब्याङ्केट, आर्मी ब्यारेकको उत्तर बीरगन्जमा सुरु हुनेछ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न खोप कार्यक्रममा अनिवार्य उपस्थित हुन आह्वान गरेका छन्।

उनले भने, “हैजा संक्रमणको जोखिम न्यूनीकरणका लागि पत्रकारहरूले खोप लिनु आवश्यक छ। आफ्नो परिवारका सदस्य र आफन्तहरूलाई समेत खोपका लागि ल्याउन सक्नुहुन्छ।”

महासंघले यस कार्यक्रममार्फत पत्रकार समुदायमा हैजा संक्रमणबाट सुरक्षा र स्वास्थ्य सचेतना वृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय