spot_img

बिहार विधानसभाको मतदानपछि मधेससँग जोडिएका सीमा नाका खुल्यो

spot_img
spot_img

बीरगन्ज,२६ कातिक । बिहार विधानसभाको अन्तिम चरणको मतदान सकिएसँगै मधेससँग जोडिएका सीमा नाका मंगलबार साँझदेखि पुनः खुला भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, मतदान सकिएको दिन साँझ ६ बजेदेखि नाका खोलिएको हो। यससँगै नेपाल–भारतबीचको आवतजावतमा सहजता फर्किएको छ।

मधेस प्रदेशसँग जोडिएका नाका मतदानका दिन कार्तिक २२ गते साँझदेखि अस्थायी रूपमा बन्द गरिएको थियो। यस निर्णयको उद्देश्य निर्वाचनको समयमा शान्ति सुरक्षा व्यवस्थापन गर्नु रहेको प्रशासनले जनाएको थियो।

मधेस प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले नागरिकहरूलाई सीमा नाका अस्थायी रूपमा बन्द हुने सूचना दिँदै सुरक्षा र व्यवस्था कायम राख्ने उपायहरू अपनाएको जानकारी दिएका थिए।

मतदान सकिएसँगै नाका खुल्नुले व्यापार, आवतजावत र दैनिक जीवनमा पुनः सहजता आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय