बीरगन्ज,२६ कातिक । बीरगन्ज महानगरपालिका वडा नम्बर ३, चित्रगुप्त टोलमा चक्कु प्रहार भएको घटनामा एक महिला घाइते भएकी छन्।
वडा नम्बर ३ का अजय कुमार कर्णकी ४२ वर्षीया श्रीमती नुतन कुमारी कर्णलाई सोही वडामा डेरा गरी बस्ने खुशी कुमारी वर्णवालले चक्कु प्रहार गरेकी हुन्। पुलिसका अनुसार, खुशी कुमारी वर्णवालको स्थायी घर बीरगन्ज–१०, अशोकवाटिका हो भने हाल उनी वडा नम्बर ३, रामा शंकर मलिकको घरमा डेरा गरी बस्दै आएकी थिइन्।
घाइते नुतन कुमारी कर्णलाई उपचारका लागि बीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ।
पर्सा प्रहरीले घटना स्थलमा पुगेर खुशी कुमारी वर्णवाललाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।




