spot_img

हेटौंडामा जेनजी प्रदर्शनमा घर जलाउने दुई जनाविरुद्ध मुद्दा

spot_img
spot_img

हेटौंडा,२६ कात्तिक । जेनजी प्रदर्शनका क्रममा हेटौंडामा व्यक्तिगत र सरकारी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने दुई जनाविरुद्ध जिल्ला अदालत मकवानपुरले ५ दिन म्याद थप गर्दै अपराधिक उपद्रव मुद्दा दायर गरेको छ। प्रहरीले २३ कात्तिकमा पक्राउ गरेको उनीहरूको अनुसन्धान जारी छ।

डीएसपी पुष्कर बोगटीका अनुसार, प्रहरीले २३ र २४ भदौका घटनाका करिब एक हजार भिडियो फुटेज संकलन गरी सूक्ष्म अनुसन्धान गरिरहेको छ। घटनामा प्रदेश सरकार, बागमती प्रदेशसभा सचिवालय, पूर्वमुख्यमन्त्री र स्थानीय व्यवसायीहरूको व्यक्तिगत संरचनामा समेत क्षति पुगेको थियो।

पीडित पक्षले मुख्य योजनाकारहरू अझै खुल्लै हिँडिरहेको भन्दै उनीहरूलाई कारबाही नगरी प्रदर्शनमा उत्रिएका मात्र पक्राउ गरिएको आरोप लगाएको छ। प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले भने, “किटानी जाहेरीका आधारमा पनि योजनाकारमाथि कारबाही हुनुपर्ने थियो, तर अहिलेसम्म पक्राउ परेका छैनन्।”

मकवानपुर प्रहरीले अब दोषीलाई उन्मुक्ति नपाइने र थप अनुसन्धान अघि बढाइएको बताएको छ। हालसम्म करिब ३० जनाविरुद्ध एक दर्जन जाहेरी दर्ता भइसकेको छ भने हेटौंडा उपमहानगरपालिका र अन्य सरकारी निकायहरूले पनि अनुसन्धानका लागि जाहेरी दिने तयारी गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय