spot_img

ओलीले मदन भण्डारीको चरित्र हत्या गरेर ठुलो अपमान गरे : प्रचण्ड

spot_img
spot_img

काठमाडौं,२६ कात्तिक । नेकपा (एकीकृत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि जननेता मदन भण्डारीको चरित्र हत्या गरेको आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय सभा गृहमा आयोजित एकता–समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले भने, “कम्युनिस्ट आन्दोलनलाई जनस्तरमा लोकप्रिय बनाउने नेता मदन भण्डारी आज ओलीका कारण अपमानित भएका छन् ।”

उनका अनुसार, ओलीले मदन भण्डारीको नाममा अनुचित टिप्पणी गर्दै कम्युनिस्ट आन्दोलनकै मूल्य र सिद्धान्तमाथि घोचपेच गरेका छन् । प्रचण्डले भने, “सहकारी ठगी, विवाह दुई–चार पटक भएको भन्नेजस्ता कुरा ओलीले सार्वजनिक रूपमा बोल्नु मदन भण्डारीप्रति गरिएको सबैभन्दा ठूलो अपमान हो । म कमरेड मदनप्रति गहिरो सम्मान प्रकट गर्न चाहन्छु ।”

पूर्वराष्ट्रपति तथा मदनकी पत्नी विद्या भण्डारीलाई एमालेले साधारण सदस्यता नदिएको विषयमा पनि प्रचण्डले आपत्ति जनाए । उनले भने, “विद्या भण्डारीजस्ता नेतृलाई साधारण सदस्य बन्न रोकिनु, त्यो एमाले मदनको पार्टी कसरी हुन सक्छ ?”

एमालेभित्रका इमानदार र क्रान्तिकारी नेताहरूलाई एकतामा सहभागी हुन आह्वान गर्दै उनले भने, “यो केवल १२ वामपन्थीबीचको एकता होइन, सबै इमानदार कम्युनिस्टहरूलाई समेट्ने प्रयास हो । इतिहासको यति ठूलो धोका र घात अब सह्य छैन ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय