spot_img

तोकिएको समयमा नै प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचन सम्पन्न हुनेछ : प्रधानमन्त्री कार्की

spot_img
spot_img

काठमाडौं,२७ कातिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन्। उनले निर्वाचन प्रक्रियालाई सफल बनाउन सबै पक्षको सहयोग प्राप्त हुने अपेक्षा पनि प्रकट गरेकी छन्।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भएको भेटमा निर्वाचन तयारी, मतदाता नामावली अद्यावधिक, र निष्पक्ष मतदान वातावरण सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, “प्रधानमन्त्रीज्यू र आयोगबीचको छलफलमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा गम्भीर विचारविमर्श भएको छ। आयोगले हालसम्मका तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको छ।”

प्रधानमन्त्री कार्कीले आयोगको तयारीप्रति सन्तोष व्यक्त गर्दै भनिन् “निर्वाचनलाई तोकिएको समयमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग मिल्नेछ भन्नेमा म विश्वास गर्छु।”

अन्तरिम सरकारले हालै तोकेको मिति अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते हुने तय गरिएको छ।

सरकार र निर्वाचन आयोग दुबै पक्षले अब समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीव्र गतिमा अघि बढाइरहेको जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय