spot_img

कटहरियामा दुई दिनभित्र दुई किशोरीको आत्महत्या

spot_img
spot_img

रौतहट,२७ कातिक । रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुःखद घटना घटेको छ । दुई दिनभित्रै दुई किशोरीले आत्महत्या गरेका छन्। घटनाले स्थानीय समुदायमा गहिरो आश्चर्य र चिन्ता उत्पन्न गरेको छ।

बुधबार दिउँसो करिब सवा २ बजे कटहरिया नगरपालिका–८, बलुवा टोल निवासी रामेश्वर राय यादवकी १८ वर्षीया छोरी रञ्जिता कुमारी यादवले आफ्नै घरको छाना मुनिको धरैनमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएर आत्महत्या गरेकी थिइन्।

घटनाको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उनले भने, “घटनास्थलमा पुग्दा रञ्जिता झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।”

यसअघि, मंगलबार साँझ कटहरिया नगरपालिका–५ का जयमङ्गल पासवानकी १७ वर्षीया छोरी छोटी पासवानले पनि आफ्नै घरभित्र सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्। सो बेला घरमा अन्य कोही नभएको प्रहरीले जनाएको छ।

दुवै घटनाको कारण अझै खुलेको छैन, तर प्रहरीले थप अनुसन्धान सुरु गरेको बताएको छ।

लगातार दुई किशोरीले आत्महत्या गरेको घटनाले कटहरिया क्षेत्रमा त्रास र मानसिक स्वास्थ्यबारे चासो बढाएको छ। स्थानीयवासीहरूले सम्बन्धित निकायलाई यस्ता घटनाको कारण पत्ता लगाई रोकथामका उपाय अपनाउन आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय