spot_img

जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य

spot_img
spot_img

काठमाडौँ,२७ कातिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो संगठन विस्तार गर्दै पाँच जना नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको छ। हालै पार्टी प्रवेश गरेका नेताहरूलाई जिम्मेवारी दिँदै पार्टीले यो निर्णय गरेको हो।

पार्टीले जारी गरेको परिपत्रअनुसार, नयाँ केन्द्रीय सदस्यमा सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रुपन्देहीकी विद्या यादव र धनुषाका विमल साह मनोनीत भएका छन्।

त्यसैगरी, पार्टीले सल्लाहकार समितिको अध्यक्षमा प्रा. डा. रामस्वारथ यादवलाई नियुक्त गरेको छ। साथै, खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साहलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यका रूपमा मनोनीत गरिएको छ।

जसपा नेपालका अनुसार, यो निर्णय गत कार्तिक १९ र २० गते बसेको केन्द्रीय समिति बैठकको निर्णयको आधारमा गरिएको हो।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय