spot_img

सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी राख्ने मधेसका ७ दलको घोषणा

spot_img
spot_img

जनकपुर, २७ कात्तिक । मधेस प्रदेशमा जारी राजनीतिक विवाद अझै चर्किएको छ। मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति “अवैधानिक” भएको आरोप लगाउँदै मधेसमा सक्रिय सात राजनीतिक दलले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन्।

बुधबार चौथो दिनसम्म पनि ती दलहरूले संयुक्त रूपमा मुख्यमन्त्री नियुक्तिविरुद्ध विरोध प्रदर्शन गरे। दलहरूले भनेका छन् । जबसम्म सर्वोच्च अदालतले यस विषयमा फैसला गर्दैन, तबसम्म आन्दोलन रोकिँदैन।

जसपा नेपाल मधेसका प्रमुख सचेतक रामअशिष यादवले भने, “संविधानको धारा १६८(२) बमोजिम मात्र मुख्यमन्त्री नियुक्तिको बाटो खुल्छ। तर अहिलेको नियुक्ति त्यसको उल्लङ्घन गर्दै गरिएको छ, त्यसैले हामी सर्वोच्चको निर्णय नआएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्छौं।”

बुधबारको धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरू सहभागी थिए। यसअघि मंगलबार, मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहेका बेला पनि सातै दलका नेता तथा कार्यकर्ता मधेस भवन बाहिर नाराबाजीसहित विरोध प्रदर्शनमा उत्रिएका थिए।

दलहरूले आन्दोलनलाई चरणबद्ध रूपमा सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय