spot_img

सूर्य नेपालका कर्मचारी बनेर व्यापारी ठग्ने बीरगन्जका तीन जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,२७ कात्तिक । सूर्य नेपाल प्रालिको कर्मचारी भएको झुटो दाबी गर्दै व्यापारीहरूलाई ठगी गर्ने तीन जना बीरगन्जका युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा बीरगन्ज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, बीरगन्ज –१९ का ४० वर्षीय रामराउत कुर्मी, र वीरगन्ज–३२ टेढा घर भई हाल हेटौंडा उपमहानगरपालिका–१० टिसनरोडमा बसोबास गर्दै आएका ४० वर्षीय नितेशकुमार केशरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, उनीहरूले आफूलाई सूर्य नेपाल प्रालिको कर्मचारी भन्दै हेटौंडाका व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र नक्कली बैंक भौचर तयार गरी व्हाट्सएपमार्फत पठाउने गरेको खुलेको छ।

व्यापारीहरूले ती भौचर हेरेर सामान वीरगन्ज पठाएपछि मात्र भुक्तानी नआएको र ठगीमा परेको कुरा थाहा भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, पक्राउ परेकाहरूले विभिन्न समयमा करीब १७ लाख ८७ हजार रुपैयाँ बराबरका सामान ठगी गरेका थिए।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय