spot_img

स्थापनाको एक वर्षमा मधेस प्रदेश खेलकुद परिषद्को प्रभातफेरी सम्पन्न

spot_img
spot_img

जनकपुर,२७ कातिक । मधेस प्रदेश खेलकुद परिषद्ले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा बिहीबार जनकपुरधाममा प्रभातफेरी आयोजना गरेको छ।

प्रभातफेरी रेल्वे स्टेशनबाट सुरु भई कदम चोक, जनक चोक हुँदै जानकी मन्दिरमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्का पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा विभिन्न खेल संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानुका अनुसार, परिषद्ले मधेसका प्रत्येक नागरिकलाई खेलकुदसँग जोड्ने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। गत एक वर्षमा परिषद्ले प्रदेश सरकारको योजनाअन्तर्गत विविध प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको उनले जानकारी दिए।

आगामी दिनमा परिषद्ले खेलाडीहरूको व्यक्तित्व विकास, पारिश्रमिक र भत्ता व्यवस्थापन, तथा प्रतियोगिता र प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको कानुले बताए।

सदस्य–सचिव कानुले खेलकुदले समाजलाई स्वस्थ र सभ्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रमा थप लगानी आवश्यक रहेको औँल्याए। उनले भने, “प्रदेश सरकार खेलकुद क्षेत्रमा अझै पर्याप्त रूपमा गम्भीर हुन सकेको छैन।”

त्यस्तै, परिषद्को नाममा बैंक खाता सञ्चालनमा नआएकाले खेलकुदसम्बन्धी गतिविधि सञ्चालनमा कठिनाइ भइरहेको पनि उनले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय