spot_img

पकहाँमैनपुरको विद्यालयमा शिक्षा शाखा प्रमुखको छड्के अनुगमन

spot_img
spot_img

बीरगन्ज,२७ कात्तिक । पर्साको पकहाँमैनपुर गाउँपालिका–३ स्थित राम चरित्र भगत माध्यमिक विद्यालयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय प्रसाद चौहानले बिहीबार आकस्मिक (छड्के) अनुगमन गरेका छन्।

अनुगमनका क्रममा चौहानले विद्यालयमा पठन–पाठनको गुणस्तर सुधार र अनुशासन कायम गर्न शिक्षक तथा विद्यार्थी दुवै जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले विद्यालयका प्रधानाध्यापक मनोज यादवलाई अनुशासन तोड्ने विद्यार्थीमाथि आवश्यक कारबाही गर्न निर्देशन समेत दिए।

अनुगमनका क्रममा विद्यार्थीहरूले विद्यालयमा मोबाइल फोन ल्याउने र त्यसको दुरुपयोग गर्ने गुनासो आएका कारण चौहानले यस विषयमा कडाइ अपनाउन आग्रह गरे।
प्रधानाध्यापक यादवले पनि विद्यालय परिसरमा मोबाइल ल्याएको फेला परे तुरुन्त जफत गरिने चेतावनी विद्यार्थीहरूलाई दिएका छन्।

शिक्षा शाखा प्रमुख चौहानले विद्यालयमा उपस्थितिमा कडाइ, पठन–पाठनको निरन्तर अनुगमन, र शिक्षण गुणस्तर उन्नयन आफ्नो प्राथमिकता रहेको बताएका छन्।

उनका अनुसार, गाउँपालिकाले आगामी दिनमा पनि विद्यालयहरूमा यस्ता अचानक निरीक्षण र सुधार कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय