spot_img

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली दर्ता सहज, ‘बायोमेट्रिक’ दिन कार्यालय धाउन नपर्ने

spot_img
spot_img

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हट्दैछ । निर्वाचन आयोगले राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा मतदाता नामावली दर्ताको प्रक्रिया सरल बनाउन यस्तो व्यवस्था गर्न लागेको हो।

आयोगका पदाधिकारीहरूले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा मतदाता नामावली दर्ता सहज बनाउने तयारीबारे जानकारी गराएका थिए। आयोगले आजदेखि नै यो नयाँ प्रक्रिया लागू गर्ने तयारी गरेको छ।

अब राष्ट्रिय परिचयपत्र लिएका मतदाताले नागरिकताको सट्टा आफ्नो परिचयपत्र नम्बर (ID नम्बर) मात्र उल्लेख गरे पुग्नेछ। यसरी नाम दर्ता गर्दा आयोगमा गई फोटो खिचाउन वा बायोमेट्रिक दिनु नपर्ने व्यवस्था हुनेछ।

आयोगले राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको बायोमेट्रिक डेटा नै मतदाता नामावलीका लागि प्रयोग गर्ने तयारी गरेको हो। यसले विशेषगरी दुरदराजका मतदातालाई सहजता पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोगका अनुसार, मतदाता नामावलीमा नाम दर्ता गर्न आउनेको चाप लगातार बढिरहेको छ। यसका लागि आगामी कात्तिक ३० गते (आइतबार) सम्मको समयसीमा तोकिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय