काठमाडौँ, २७ कात्तिक । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा आएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदा यस्तो जानकारी दिएका हुन् ।
उहाँका अनुसार आन्दोलनका कारण प्रारम्भिक चरणमा सुरक्षा संयन्त्रमा ठूलो असर परे पनि अहिले देशभर शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्किएको छ। “दुई महिनाको अवधिमा अधिकांश सुरक्षा संरचना पुनः सञ्चालनमा ल्याइएको छ,” गृहमन्त्री अर्यालले बताए।
उहाँले बाँकी प्रहरी बिटहरू पनि शीघ्र पुनःस्थापना गर्ने र जनसुरक्षा सुदृढीकरणका उपायहरूलाई अझ प्रभावकारी बनाउन गृह मन्त्रालय सक्रिय रहेको बताएका छन्।




