spot_img

मधेश प्रदेश सभामुख मण्डलमाथि महाअभियोगको तयारी

spot_img
spot_img

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु भएको छ। मण्डलमाथि पदीय आचरण विपरीत कार्य गरेको आरोप विपक्षी दलले लगाएका छन्।

नेकपा एमालेबाट सभामुख बनेका मण्डलले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल को विश्वासको मत लिन खोज्दा सदनमा सम्बोधन गर्न नदिएको र माओवादीका असन्तुष्ट सांसदलाई बोलाएर मत विभाजन प्रक्रिया अगाडि बढाएको आरोप छ। यसले गठबन्धनका सांसदहरूमा आक्रोश बढाएको छ।

विपक्षी दलका अनुसार सभामुखमाथि महाअभियोग दर्ता गर्न आवश्यकभन्दा बढी, करिब ७४ जनाभन्दा बढी सांसदका हस्ताक्षर संकलन भइसकेको छ। नेपाली कांग्रेसका सांसदहरू लगायत लोसपा सांसद उपेन्द्र महतो र अन्य सांसदहरूले मण्डलको भूमिकाको विरोध गर्दै गालीगलौजसमेत गरेका थिए।

मण्डललाई बारम्बार व्यक्तिगत स्वार्थ र पदीय मर्यादाविपरीत कार्य गरेको आरोप लागेको छ। आर्थिक वर्षको बजेट पेश गर्दा र करार भर्नामा आफ्ना परिवार तथा नातेदारलाई लाभ पुर्याएको पनि आरोप छ।

सात दलीय गठबन्धनले आगामी सोमबारदेखि महाअभियोगको प्रक्रिया सुरु गर्ने तयारी गरेको उच्च स्रोतले जनाएका छन्। सर्वोच्च अदालतमा मुख्यमन्त्री विरुद्धको मुद्दा पेशी रहेकाले सोही दिन मण्डलविरुद्ध महाअभियोग दर्ता गरिने बताइएको छ। सभामुख मण्डलले भने, “कसैको दबाबमा राजीनामा दिन छैन, महाअभियोगको सामना गर्ने तयारी छ।” मण्डल मधेश प्रदेशका दोस्रो सभामुख हुन् र पदभार ग्रहणदेखि विवादको केन्द्रमा आइरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय