spot_img

“खेली मधेश, जीती मधेश” नारासहित पर्सामा प्रथम वार्षिक खेलकुद उत्सव सम्पन्न

spot_img
spot_img

बीरगन्ज,२७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रथम वार्षिक खेलकुद उत्सव वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। “खेली मधेश, जीती मधेश” नारासहित भएको कार्यक्रममा खेलकुदको विकास, अनुशासन र सरसफाइको सन्देश प्रवाह गरिएको थियो।

उत्सवको अवसरमा कार्यालय परिसरमा सरसफाइ, पेन्ट–रोगन र दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो। सहभागीहरूले खेलकुद क्षेत्रलाई सफा, सुन्दर र अनुशासित बनाउने अभियानमा सहभागिता जनाएका थिए। कार्यक्रम दिपक साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज–४ का वडा अध्यक्ष जगत साह कानुले खेलकुदले युवामा स्वास्थ्य, एकता र नेतृत्व क्षमताको विकास गर्ने बताए। उनले मधेशमा खेलकुदको स्तर उकास्न साझा प्रयास र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भने, “युवाहरू खेलमा संलग्न हुँदा मधेशको गौरव अझ माथि उठ्नेछ।”

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नाजिर हुसैन अन्सारीले कार्यालय स्थापना कालदेखि हालसम्मका गतिविधिहरूको विवरण दिँदै, खेलकुद संरचना सुधार, पानी ट्यांकी, खेल मैदान मर्मत र खेल सामग्री सुधारको काम सम्पन्न भएको जानकारी दिए।

कार्यक्रममा विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक, खेलकर्मी, स्थानीय युवाहरू र प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। आयोजक समितिले उक्त कार्यक्रमले मधेशका युवामा ऊर्जा, एकता र सकारात्मक सोचको सन्देश प्रवाह गरेको र खेलकुद क्षेत्रको सतत विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय