spot_img

मतदाता नामावली दर्ता अवधि थप्न प्रदीप पौडेलको माग

spot_img
spot_img

काठमाडौँ,२७ कातिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि बढाउन निर्वाचन आयोगसँग माग गरेका छन्।

पौडेलले मतदाता नाम दर्ता गर्न आउने नागरिकहरू लामो समय लाइनमा बसेर सेवा पाउँदा असुविधा भोग्नु परेको र प्रक्रिया छिटो छरितो नभएको गुनासो आएको बताएका छन्। उनले दर्ता समय कार्तिक मसान्तसम्म मात्र भएकाले केही व्यक्ति, विशेषगरी जेनजी र अन्य समूहका मतदाताहरू छुट्ने सम्भावना रहेको भन्दै अवधि बढाउनुपर्ने जोड दिएका छन्।

भिडियो वक्तव्यमार्फत उनले भने, “नाम दर्ता गर्ने स्थानको सेवा छिटो छैन, फोटो खिच्न लामो लाइनमा बसेर पनि पालो नपाएर फर्कनुपर्ने अवस्था देखिएको छ। त्यसैले दर्ता अवधि बढाउनु आवश्यक छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय